४७ तोला सुनसहित ४ जना पक्राउ

१३ चैत्र २०७४, मंगलवार ११:२९

चैत १३, काठमाडौं ।

विदेशबाट अवैध सुन तस्करीमा संलग्न ४ जनालाई महागनगरीय प्रहरी वृत्त, गौशालाले ४७ तोला सुनसहित पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा काठमाडौं–९, पिंगलास्थलस्थित सवनम गेष्ट हाउसका सञ्चालक धनुषा सबेला–१२ का २० वर्षीय महोमद महमद सेफुल्ला, सर्लाहीको मलंगवा–७ का २५ वर्षीय रवी महतो र सिराहाको मिर्चैया–१० का ३८ वर्षीय राम पुकार महतो छन् ।

उनीहरुलाई सोमबार विदेशबाट अवैध सुन तस्करी गरिरहेको आरोपमा पक्राउ गरिएको वृत्तका प्रमुख अनुपम श्रेष्ठले बताए ।

उनका अनुसार पक्राउ परेकाहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार कार्यालय, गौचरणमा थप कारबाहीका लागि सुनसहित पठाइएको छ ।