उत्तर कोरियाली नेता किम बेइजिङ पुगेको खबर जापानी मिडियामा

१३ चैत्र २०७४, मंगलवार ०७:४१

चैत १३, काठमाडौं ।

अनपेक्षित रुपमा बेइजिङ आएका उत्तर कोरियाका उच्च अधिकारी सर्वोच्च नेता किम जोङ उन हुनसक्ने अनुमान हुन थालेको छ ।

उत्तर कोरियाका उच्च अधिकारी ट्रेनमार्फत बेइजिङ पुगेको खबर जापानी मिडियामा आएको थियो ।

दक्षिण कोरियाले उच्च अधिकारीको पहिचान नभएको बताएको छ तर, घटनाक्रमलाई होसियारीपूर्वक हेरिरहेको बताएको छ ।

उत्तर कोरिया र चीनले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

यदि किम बेइजिङ पुगेको भए २०११ मा पद सम्हालेयताकै पहिलो विदेश भ्रमण हुनेछ ।

गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनपेक्षित रुपमा किमलाई भेट्ने प्रस्ताव स्वीकार गरेका थिए ।