सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता

१२ चैत्र २०७४, सोमबार १०:००

चैत १२, काठमाडौं ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

प्रतिनिधिसभाका सभामुख महरा र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच दुवै सदनलाई कसरी प्रभावकारी बनाएर लैजाने भन्ने छलफल गरेका हुन् ।

सिंहदरबारस्थित सभामुख महराको कार्यकक्षमा भएको भेटवार्तामा दुवै सदनलाई कसरी प्रभावकारी बनाएर लैजाने भन्ने छलफल सकारात्मक रहेको तिमिल्सिनाले जानकारी दिए ।

दुबै सदनले कार्य व्यवस्था नियमावली बनाउने काम अघि बढाएका छन ।

नियमावलीमा एकरुकता ल्याउने तथा संयुक्त बैठक संचालनका विषयमा सभामुख र राष्ट्रियसभाका अध्यक्षबीच छलफल भएको बताइएको छ ।