ब्याकुल माइलाले सार्वजनिक गरे बालकृष्णको ‘खाली खुट्टे’, सम्मानको सट्टा जेलमा कोचिनु दुख्खद परिघटना

८ चैत्र २०७४, बिहीबार ०९:३१

चैत ८, काठमाडौं ।

जनयुद्धकालीन विवादित मुद्दामा जेल जीवन विताइरहेका माओवादी नेता एवम् पूर्व सभासद वालकृष्ण ढुङ्गेलको गीति एल्वम ‘खाली खुट्टे’ बिहीबार सार्वजनिक गरिएको छ ।

राजधानीमा बिहीबार राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, पूर्व संचारमन्त्री राम कार्की, पूर्व शिक्षा मन्त्री डिआर पौडेल,लेखक युग पाठक र छोरी विनिता ढुङ्गेलले विशेष समारोहकावीच एल्वमको विमोचन गरेका हुन् ।

संगीतकार चेतन सापकोटाद्वारा संगीतवद्ध एल्वममा गायिका अन्जु पन्त, शिव परियार, दिपक लिम्बू, रामचन्द्र काफ्ले र स्वयं चेतन सापकोटाले स्वर दिएका छन्।

हाल डिल्लीबजार सदरखोरमा जेल जीवन बिताइरहेका गीतकार बालकृष्ण ढुङ्गेलको अनुपस्थितिमा छोरी विनिता ढुङ्गेलले कार्यक्रमको सभापतित्व गरेकी थिइन्।

उनले गणतन्त्रका लागि लडेका आफ्ना पिताले सम्मान पाउनुको सट्टा जेलमा कोचिनु दुख्खद परिघटना भएको बताइन्।