एनटीसी टेलिकममा समस्या, सेवाग्राही हैरान

८ चैत्र २०७४, बिहीबार ०८:४८

चैत ८, काठमाडौं ।

नेपाल टेलिकमको मोबाइल नेटवर्क बिहीबार बिहान केहीबेर अबरुद्ध रह्याे ।

टेलिकमको पोस्टपेड र प्रिपेड दुवै मोबाइलमा फोन नलाग्ने समस्या देखिएकाे हाे ।

मोबाइल नेटवर्कमा अाएकाे समस्याले देशभर कै सेवाग्राहीले असुविधा झेले पनि केहीबेर पछि अवरोध हटेको छ ।

मोबाइलमा आकस्मिक रुपमा देखिएको समस्याबारे टेलिकमले औपचारिकरुपमा केही बताएको छैन ।

टेलिकमको मोबाइलमा यसअघि पनि यस्ता प्रकृतिका समस्याहरु आउने गरेका थिए ।