ड्राइभर ग्याङ बलात्कार प्रकरणका थप एक जना पक्राउ

७ चैत्र २०७४, बुधबार ०९:३६

चैत ७, काठमाडौं ।

गत १७ फागुनदेखि १३ दिनसम्म बन्धक बनाएर बौद्धिक अपाङ्ग बालिकालाई बलात्कार गर्ने समूहका थप एक जना पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा सुदिप बजगाईं छन् ।

चक्रपथ क्षेत्रमा चल्ने दुई वटा सार्वजनिक बसका चालक र सह–चालकले १५ वर्षीय किशोरीको बलात्कार गरेका थिए ।

घटनामा संलगन गाडी चालक र सह–चालक भोला तामाङ, चन्द्र सापकोटा, सन्तोष घिमिरे र दिवस गड्तौडा पक्राउ परिसकेका थिए ।