‘मोस्ट वान्टेड’ सुटर उमेश पक्राउ

७ चैत्र २०७४, बुधबार ०७:४३

चैत ७, काठमाडौं ।

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सुटर उमेश पासवान पक्राउ परेका छन् ।


उनी तराईमा भएको करिब एक दर्जन गाेली काण्डमा सुटरको रुपमा प्रयोग भएका प्रहरीकाे भनाइ छ ।

पासवाललाई जिल्ला प्रहरी कार्यालय, सर्लाहीको टोलीले मंगलबार साँझ लालबन्दी–२ बाट पक्राउ गरेको हो ।

सर्लाही प्रहरी प्रमुख मसाउद आलम खाँले थप अनुसन्धान भइरहेको जानकारी दिए ।