आयोजनाको अवस्था बुझ्न मेलम्ची पुगिन् खानेपानी मन्त्री विना, सम्मान कार्यक्रमका लागि मन्त्री तामाङ मेलम्ची पु्गे

६ चैत्र २०७४, मंगलवार ०८:३८

चैत ६, काठमाडौं ।

खानेपानी मन्त्री विना मगर मंगलबार सिन्धुपाल्चोकको मेलम्ची आइपुगेकी छन् ।

खानेपानी आयोजनाको कामको अवस्था बुझ्न खानेपानी मन्त्री विना मगर मेलम्ची आएकी हुन् ।

मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको मुहान हेलम्बुको अम्बाथान पुगेर सुरुङको समेत अवलोकन गरेकी छन् ।

यस्तै मंगलबार नै कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङ पनि गृहजिल्ला आएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न समुदायबाट स्वागत तथा सम्मान कार्यक्रमका लागि मन्त्री तामाङ मेलम्ची आइपु्गेका हुन् ।

मन्त्रीविना र तामाङ सँगसँगै आइपुगेका हुन् ।