चैत ५, काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले अस्वभाविक आवाज निकालेर कुदाउने बाइकहरु नियन्त्रणमा लिने क्रम तीव्र बनाएको छ ।
पछिल्लो एक सातामा ११० भन्दा धेरै ठूला आवाजमा कुदिरहेका बााइकलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।
यस्ता मोटरसाइकले अत्याधिक ध्वनी प्रदुषण गरेको ट्राफिक प्रहरीको भनाइ छ ।
महाशाखाका प्रवक्ता उमेश रञ्जितकारका अनुसार ‘मोडिफाइ’ गरेर ठूलो आवाज आउने बनाइएका बाइकलाई नियन्त्रणमा लिन थालिएको हो ।
‘रोयल इन्फिल्ड (बुलेट)को ९० प्रतिशत बढी बाइकको फिल्टर निकालेको भेटियो,’ रञ्जितकारले भने,’ बुलेट बाइक चढ्ने भनेकै ठूलो आवाजमा बाइक कुदाउने हो भन्नेजस्तो भयो । त्यसैले नियन्त्रण अभियान थालेका हौं ।’
महाशाखाका नायब प्रहरी उपरीक्षक मुकुन्द मरासिनी ध्वनी प्रदुषण गरे अनियनित्र रुपमा कुद्ने बाइकलाई समात्न सुरु गरिएको बताउँछन् ।