लेखापाल बीस हजार घुससहित पक्राउ

५ चैत्र २०७४, सोमबार ०७:४५

चैत ५, काठमाडौं ।

सिरहाको कल्याणपुर नगरपालिकाका लेखापाल २० हजार घूससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुयोग अनुसनधान आयोगको टोलीले सोमबार लेखापाल जयराम चौधरीलाई डेराबाटै २० हजार घूससहित लेखापाल चौधरीलाई पक्राउ गरेको हो ।

चौधरीले सोही नगरपालिकाका वडा सचिव सरुवा भइ रमाना बुझिसकेकाहरूसँग २० हजार घुस लिएको अख्तियारको टोलीले जानकारी दिएको छ ।

नायव सुब्बा पदमा कार्यरत लेखापाल चौधरीले कार्यालयको सामान मर्मतलगायतका बिल भुक्तानी गरिदिए बापत वडा सचिबसँग २० हजार घूस मागेको प्रहरीले बताएको छ ।

चौधरीलाई घूस लिइरहेको अवस्थामा डेराबाट अख्तियारले नियन्त्रणमा लिएको हो ।