नेपाल शिक्षक संघमा पौडेल विजयी

४ चैत्र २०७४, आईतवार ११:०९

चैत ४, काठमाडौं ।

नेपाल शिक्षक संघको अध्यक्षमा राजेन्द्र राज पौडेल निर्वाचित ुभएका छन् ।

पौडेलले निबर्तमान अध्यक्षमा केशव निरौलालाई पराजित गरेका हुन् । पौडेल निबर्तमान कार्यसमितिमा महासचिव थिए ।

संघको आठौं महाधिवेशनमा पौडेल र निरौला समुह बनाएर प्रतिस्पर्धा गरेका थिए । पौडेल समुहका अधिकांश विजयी भएका छन् । पौडेलले ३२४ मत ल्याउदा निरौलाले २५६ मत मात्रै प्राप्त गरे । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा यम पि भुसाल ३१५ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी विष्णुदेवि पाण्डेले २५३ मत मात्रै पाइन् । त्यस्तै, महिला उपाध्यक्षमा पद्मिनी थापा ३४३ मतसहित विजयी हुँदा सुसिला सुवेदीले २३६ मत प्राप्त गरिन ।

यसैगरी प्रदेश उपाध्यक्षहरुमा प्रेम प्रसाद भट्टराई, भरत लम्साल, अमर ब खड्का, जनक ब शिह र लक्ष्मण दत्त भट्ट विजयी भए । महासचिवमा सोमनाग गिरी विजयी ुभए । उहाँले ३०२ मत ल्याउदा अर्का उम्मेदवार गोकर्ण बानियाँ २७४ मत मात्रै प्राप्त गरे ।

यसैगरी महासचिव अर्थमा पुष्पकला भट्टराई , उप महासचिवमा सुन्दर पन्त, उप महासचिव महिलामा धनकला भण्डारी, उप महासचिव अर्थमा वाङ जुङ लामा, उप महासचिव समाबेसी तर्फ नुर मोहम्मद मिया र उप महासचिव कर्णालीबाट भगवती श्रेष्ठ विजयी ुभए ।