‘डान्स नेपाल डान्स’ रियालिटी शोका विजेतालाई पुरस्कार नदिइ आयोजक सम्पर्कविहीन, एक जना अायोजक समातिए

१ चैत्र २०७४, बिहीबार ०९:५४

चैत १, काठमाडौं ।

‘डान्स नेपाल डान्स’ नामक टेलिभिजन रियालिटी सोका पहिलो र दाेस्राे सिजनका विजेताहरुलाई अझै पुरस्कार नदिएको खुलेको छ ।

एक राष्ट्रिय टेलिभिजनबाट सञ्चालित उक्त रियालिटी सोको पहिलो सिजनमा प्रथम हुनेलाई १ लाख, दोस्रो सिजनमा साढे दुई लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई १८ हजार नगद पुरस्कारसहित विभिन्न ठाउँमा जागिर लगाइदिने बताइए पनि विजेताहरुले अहिलेसम्म पनि पुरस्कार नपाएको खुलेको हो ।

विजेतालाई पुरस्कार नदिइ आयोजक सम्पर्कविहीन भएपछि पीडितहरुले महानगरीय अपराध महाशाखामा उजुरी समेत दिएका थिए ।

उजुरीको आधारमा प्रहरीले आयेजक भी एण्ड भाइरस डान्स एकेडेमीका सञ्चालक काठमाडौं–४, धुम्बाराहीका विक्रम अछामीलाई पक्राउ गरेको छ ।

उनलाई बुधबार बागबजारबाट पक्राउ गरी थप अनुसन्धान थालिएको हो ।