चैत १, काठमाडौं ।
न्याय परिषद्ले पदमुक्त घोषणा गरेका प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् ।
परिषद्ले अवकास पाइसकेको भन्दै पत्र थमाएपछि पराजुलीले आफू पदमै रहेको र सर्वोच्च गएर पेशी तोक्ने बताएका थिए ।
उनी साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भन्दै बालुवाटार पनि पुगेका थिए ।
तर, बिहीबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर राजीनामा बुझाएका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले पराजुलीले राजीनामा दिएको पुष्टि गरे ।
