पपुवा न्यूगिनीविरुद्ध सन्दिपले दिलाए नेपाललाई तेस्रो विकेट

१ चैत्र २०७४, बिहीबार ०८:४२

चैत १, काठमाडौं ।

विश्वकप छनोटको प्ले अफमा नेपाल र पपुवा न्यूगिनी खेलिरहेका छन् ।

टस हारेर पहिले ब्याटिङ थालेको पपुवा न्यूगिनीले तेस्रो विकेट गुमाएको छ ।

१३ औं ओभरको चौथो बलमा सन्दिप लामिछानेले चार्ड सोपरलाई १० रनमा आउट गरे ।

यसअघि आठौं ओभरको पाँचौ बलमा करण केसीले टोनी उराको विकेट लिएका थिए ।

नेपाललाई पहिलो विकेट सोमपालले दिलाएका थिए ।