‘पदमुक्त’ प्रधानन्यायाधीशबाटै राष्ट्रपतिले लिइन् दोस्रो कार्यकालका लागि सपथ

३० फाल्गुन २०७४, बुधबार ११:३६

फागुन ३०, काठमाडौं ।

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो कार्यकालका लागि बुधवार पद तथा गोपनियताको शपथ लिएकी छिन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच प्रधानन्यायाधीश गोपाल पराजुलीले भण्डारीलाई शपथ गराएका हुन् ।

शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राजनीतिक दलका नेता तथा सांसदहरू उपस्थित थिए ।

मंगलवार भएको निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गर्दै भण्डारी राष्ट्रपति निर्वाचित भएकी थिइन् ।

भण्डारी यसअघि ११ कात्तिक २०७२ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएकी थिइन् ।