हत्या विरोधमा बिर्तामोड बजार बन्द, मुखियाको अपहरणपछि हत्या भएको आशंका

२९ फाल्गुन २०७४, मंगलवार ०८:४५

फगुन २९, काठमाडौं ।

झापा बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्याको विरोधमा व्यवसायीले मंगलबार बिर्तामोड बजार बन्द गरेका छन् ।

२० फागुनदेखि सम्पर्कविहीन भएका मुखियाको अपहरणपछि हत्या भएको आशंका गरिएको छ । उनको शव इलामको रोङ गाउँपालिका–३ स्थित कोल्बुङमा भेटिएको थियो ।

सुनचाँदी व्यवसायी संघ र बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा बजार बन्द गरिएको हो ।