फागुन २८, काठमाडौं ।
विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् ।
बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएको हो । अहिले उद्दार कार्य जारी छ ।
उक्त विमानमा ३१ जना भन्दा बढी नेपाली भएको जानकारी आएको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।
उद्दार प्रयासबारे जानकारी दिन प्रधानमन्त्री ओली पनि पुगेका हुन् ।

