गणेश तिमिल्सिना निर्विरोध राष्ट्रियसभा अध्यक्ष

२८ फाल्गुन २०७४, सोमबार ०७:४३

फागुन २८, काठमाडौं ।

राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् ।

एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको हो । यद्यपि अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा बुधबार राष्ट्रियसभा बैठकले गर्नेछ ।

तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल छन् ।

राष्ट्रियसभा अध्यक्षमा निर्वारोध बनेपछि तिमिल्सिनाले सभालाई सबैको साझा संस्था बनाउने बताएका छन् ।