गुड्दागुड्दै मोटरसाइकलमा लाग्यो आगो, आगो निभाउन दमकलको प्रयोग

२७ फाल्गुन २०७४, आईतवार ०८:५३

फागुन २७, काठमाडौं ।

अरनिको राजमार्गअन्तर्गत काभ्रेको बनेपा चारदोवाटोमा गुड्दागुड्दै मोटरसाइकलमा आगो लागेको छ । बा १९ प ३३२१ नम्बरको मोटरसाइकलमा आगो लागेको हो ।

मोटरसाइकल चालक दोलखाको सैलुङ गाउँपालिकाका सागर तामाङ भने सकुशल छन् । ‘ड्वाङ्ग आवाज आएर मोटरसाइकल लड्यो र ह्वारह्वार्ती आगो बल्यो,’ उनले भने ।

बीच सडकमै मोटरसाइकलमा आगो दन्किएपछि केहीबेर सो सडकमा यातायात आवागमन बन्द भएको छ । आगो निभाउन दमकलको प्रयोग गरियो ।