अमेरिका उत्तर कोरियासँग वार्ता गर्न तयार

२५ फाल्गुन २०७४, शुक्रबार ०७:४१

फागुन २५, काठमाडौं । एजेन्सी

अमेरिका र उत्तर कोरियाबीचको चिसिदै गएको सम्बन्धमा सुधार हुने संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियाली नेता किम जोन उनसँग भेटवार्ता गर्न तयार भएपछि सम्बन्ध सुधार हुने अपेक्षा गरिएको हो ।

उनीहरुबीच आगामी मेसम्ममा भेटवार्ता हुनसक्ने सम्भावना रहेको छ । दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ यु–योङलाई ह्वाइट हाउसमा भेट्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्न आफू तयार रहेको बताएका हुन् ।

उत्तर कोरियाली नेता किमले आफ्नो आणविक कार्यक्रम रोक्ने जनाएपछि ट्रम्पले भेटवार्ता गर्ने बताइएको हो ।

राष्ट्रपति ट्रम्पसँगको भेटपछि दक्षिण कोरियाली सुरक्षा सल्लाह योङले उत्तर कोरियाले यसै हप्ताभित्र आणविक कार्यक्रम स्थगित गर्ने घोषणा गर्नेसमेत बताए ।