फागुन २५, काठमाडौं ।
भारतको अररिया जिल्लामा हुने चुनाबलाई लक्षित गरि नेपाल भारत सीमा बन्द हुने भएको छ ।
सुरक्षा अधिकारीहरुबीच भएको सहमतिपछि आज साझ ७ बजेदेखि आइतबार साझ ७ बजेसम्म सीमा सिल गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालय मोरङ ले जनाएको छ ।
सर्बसाधारणले सो समयमा आउजाउ गर्न नपाउने प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।
