अमेरिकाको विद्यालयमा फेरि अर्को गोलीकाण्ड, एकको मृत्यु

२४ फाल्गुन २०७४, बिहीबार १०:१५

फागुन २४, काठमाडौं । एजेन्सी

अमेरिकाको अलाबामा राज्यस्थित एक हाईस्कूलमा दुईजना विद्यार्थीमाथि गोलीप्रहार भएको छ ।

त्यसमा परेका एक विद्यार्थीको मृत्यु भएको छ भने अर्काको हालत गम्भीर छ ।

बर्मिंघम सिटी स्कूलले जारी गरेको बयानमा भनिएअनुसार, गोलीकाण्डमा दुई विद्यार्थी मात्र संलग्न थिए ।

विद्यालय केही समयका लागि बन्द गरिएको थियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

बर्मिंघम प्रहरी सर्जेन्ट ब्रायन शेल्टनले एक टेलिभिजनलाई बताएअनुसार, अनुसन्धानकर्ताहरूले दुर्घटनावश गोली चलेको हुनसक्ने बताएका छन् ।