भारतबाट नेपालमा लागूऔषध भित्र्याउने गिरोहका तीन जना समातिए

२३ फाल्गुन २०७४, बुधबार ११:१४

फागुन २३, काठमाडौं ।

भारतबाट राजधानीमा लागूऔषध भित्र्याउने गिरोहका तीन जनालार्इ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद रूजादीनसहित दुर्इ नेपाली नागरिक छन् । उनीहरूलाई महानगरीय प्रहरी वृत, जनसेवाको टोलीले मंगलबार पक्राउ गरेको हो ।

उनीहरुलाई बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर काठमाडौं प्रहरी परिसरले सार्वजनिक गरेको छ ।

प्रहरीले स्रोतका अनुसार उनीहरूले भारतको नयाँ दिल्लीबाट लागूऔषध ल्याएर नेपालमा विक्री वितरण गर्ने गरेका थिए ।

उनीहरुको साथबाट ठूलो परिणाममा लागूऔषध समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।