फागुन २१, काठमाडौं । एजेन्सी
चीनको नेसनल पीपुल्स कंग्रेसको वार्षिक सत्र शुरू हुनुअघि सोमवार बिहान सरकारको कामकाजसम्बन्धी एक प्रतिवेदन सञ्चारमाध्यमलाई बाँडिएको छ । उक्त प्रतिवेदनका प्रमुख आकर्षण यसप्रकार छन् :
विगत पाँच वर्षमा
चीनको कुल गार्हस्थ्य उत्पादन ५४ खर्ब युआनबाट बढेर ८२.७ खर्ब युआन पुगेको छ । यो ७.१ प्रतिशतको औसत वार्षिक वृद्धि हो ।
सात करोड मानिसलाई गरीबीको रेखाबाट माथि उठाइएको छ ।
चिनियाँ पर्यटकहरू बाहिर जाने संख्या आठ करोडबाट बढेर १३ करोड पुगेको छ ।
कुल गार्हस्थ्य उत्पादनको प्रतिइकाइ ऊर्जा र जल उपभोग २० प्रतिशतभन्दा बढीले झरेको छ ।
प्रमुख प्रदूषकहरूको उत्सर्जन निरन्तर घटिरहेको छ अनि प्रमुख शहरहरूमा कडा वायु प्रदूषण ५० प्रतिशतले कम भएको छ ।
व्यक्तिगत कमाइमा ७.४ प्रतिशतको औसत वार्षिक वृद्धि भएको छ र यसले आर्थिक वृद्धिलाई जितेको छ अनि संसारकै सबभन्दा ठूलो मध्यम आया वर्ग बनाएको छ ।
साढे ६ करोडभन्दा बढी नयाँ शहरी जागिरहरू खुलेका छन् अनि देशको एक अर्ब तीन करोड जनसंख्याले तुलनात्मक रूपमा पूर्ण रोजगार पाएको छ ।
सन् २०१८ का प्रमुख लक्ष्य
कुल गार्हस्थ्य उत्पादनमा ६.५ प्रतिशतले वृद्धि
क्रेता मूल्य सूचकांकमा करीब ३ प्रतिशतले वृद्धि
एक करोडभन्दा बढी नयाँ शहरी जागिर, सर्वेक्षण गरिएको शहरी बेरोजगारी दर ५.५ प्रतिशतमा सीमित अनि दर्ता गरिएको शहरी बेरोजगारी दर ४.५ प्रतिशतमा सीमित
निजी आय वृद्धि तथा आर्थिक वृद्धिमा आधारभूत समता
