फागुन २१, काठमाडौं । एजेन्सी
अफगानिस्तानमा सरकारी सेनाको कारवाहीमा ७० जनाको मृत्यु भएको छ । सेनाले चलाएको सुरक्षा कारबाहीमा उनीहरुको मृत्यु भएको हो ।
मारिनेमा ५० जना सरकारविरोधी लडाकू तथा २० जना इस्लामिक स्टेट आइएस समूह आवद्ध लडाकू रहेका छन् ।
रक्षा मन्त्रालयका सहप्रवक्ता जनरल मोहम्मद रादमनिषले ५० जना सरकार विरोधी लडाकु र २० जना आइएस लडाकुको मृत्यु भएको जानकारी दिएका हुन् ।
कारबाहीमा २७ जना विद्रोही घाइते भएका छन् । सरकारी अधिकारीहरुले उत्तरी दारजव क्षेत्रमा भएको भिडन्तमा २० जना आइएस विद्रोहीको मृत्यु भएको जनाएका छन् ।
