पोखरामा बसको ठक्करबाट दुई प्रहरीको मृत्यु

२१ फाल्गुन २०७४, सोमबार ०८:१४

फागुन २१, काठमाडौं ।

पोखराको विजयपुरमा बसको ठक्करबाट दुई प्रहरी जवानको मृत्यु भएको छ ।

बा ४ ख ५७५८ नम्बरको बसले ठक्कर दिँदा ग ११ प ३६४५ मोटरसाइकलमा सवार सुशिल बानियाँ र प्रदीपकुमार यादवको मृत्यु भएको कास्की प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए ।

उनीहरु वडा प्रहरी कार्यालय बैदाममा कार्यरत थिए ।

 

बागलुङबाट काठमाडौं जाँदै गरेको बसले पोखरा गएराति साढे ९ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।

कास्की प्रहरीका अनुसार अस्पतालले मोटरसाइकल चालक बानियाँलाई १० बजेर ४० मिनेटमा र मोटरसाइकल पछाडि बसेका प्रदीपकुमारलाई १० बजेर ३३ मिनेटमा मृत घोषणा गरेको थियो ।