जिम्बाब्वेले नेपालविरुद्ध ३ सय रन कटायो

२० फाल्गुन २०७४, आईतवार १०:४५

फागुन २०, काठमाडौं ।

विश्वकप छनोट खेलमा नेपालविरुद्ध जिम्बाब्वेले ३ सय रन कटाएको छ ।


जिम्बाब्वेको क्वीन्स स्पोर्टस् क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ४३.२ ओभरमा ४ विकेटको क्षतिमा ३ सय रन कटाएको हो ।

ब्याटिङतर्फ जिम्बाब्वेका ब्रेन्डन टेलरले ८८ र सिकन्दर राजा ६३ रन बनाएर क्रिजमा छन् ।

नेपालका लागि बसन्त रेग्मीले २, ललितनारायण राजवंशी र सन्दिप लामिछानेले १/१ विकेट लिएका छन् ।