फागुन २०, काठमाडौं ।
विश्वकप क्रिकेट छनोटमा जिम्बाब्वेविरुद्ध बलिङ गरिरहेको नेपालले तेस्रो विकेट लिएको छ ।
१४ औं ओभरको तेस्रो बलमा बसन्त रेग्मीले जिम्बाब्वेका सोलोमन मिरेलाई आउट गरेका हुन् । उनी ५२ रन बनाएर आउट भएका हुन् ।

यो खेलमा बसन्त रेग्मीले लिएको दोस्रो विकेट हो । सन्दिप रेग्मीले पनि एक विकेट लिएका छन् ।
विश्वकप छनोटमा जिम्बाब्वेविरुद्ध नेपालले टस हारेर पहिले बलिङ गरिरहेको छ ।
