फागुन २०, काठमाडौं ।
४४ जना सांसदहरुले आफ्नो मातृभाषामा शपथ लिने भएका छन् । अन्य सांसदहरुले भने नेपाली भाषामै शपथ लिने छन् ।
सोमबार हुन लागेको सांसदहरुको शपथ ग्रहण कार्यक्रममा ४४ सांसदहरुले १० मातृभाषामा शपथ लिन लागेका संघीय संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार मैथिली, भोजपुरी, थारु, मगर, अवधि, बज्जीका, नेवारी, हिन्दी, उर्दु र तामाङ गरी १० भाषामा शपथ हुनेछ ।

यसअघि संसद् सचिवालयले भातृभाषामा शपथ लिन इच्छुक सांसदहरुसँग निवेदन माग गरेको थियो । सचिवालयले मागेअनुसार सांसदहरुले शपथको व्यहोरा मातृभाषमा अनुवाद गरी बुझाएका थिए ।
संघीय संसदको पहिलो बैठक सोमबार बस्नुअघि आइतबार सांसदहरुको शपथ ग्रहणको कार्यक्रम छ ।
राष्ट्रियसभाका सांसदहरुको ५ बजे र प्रतिनिधिसभाका सांसदहरुको शपथ चार बजे तय गरिएको छ ।
राष्ट्रियसभा र प्रतिनिधिसभालाई संयुक्त रुपमा संघीय संसद भनिन्छ ।
