नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिन ४१ हजार रुपैयाँ दर्ता शुल्क

१८ फाल्गुन २०७४, शुक्रबार १०:५७

फागुन १८, काठमाडौं ।

नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिन ४१ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।

निर्वाचन समितिले बिहीबार सूचना सार्वजनिक गरी दरखास्त शुल्क र निर्वाचन कार्यतालिकाबारे जानकारी गराएको छ ।


कार्यतालिका अनुसार फागुन २० गते साँझ ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, सवा ८ बजेसम्म दाबी विरोधमाथि जाँचबुझ गरी नामावली प्रकाशन, फागुन २१ गते सवा ८ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।

त्यस्तै उम्मेदवारले नाम फिर्ता लिने समय फागुन २१ गते विहान सवा ८ बजेसम्म तोकिएको छ ।

त्यसपछि फागुन २१ गते बिहान साढे ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो १० देखि १ बजेसम्म मतदानको समय तोकिएको छ ।

संसदीय दलको नेता चयनका लागि कांग्रेसले चीनकाजी श्रेष्ठको संयोजकत्वमा भीष्मराज आङ्देम्बे, नवीन्द्रराज जोशी सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।

मतदान भने सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा हुनेछ ।