पाकिस्तानी प्रधानमन्त्री सोमबार नेपाल आउने

१८ फाल्गुन २०७४, शुक्रबार ०७:१०

फागुन १८, काठमाडौं ।

पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी सोमबार नेपाल आउने भएका छन् ।

अब्बासी दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिन नेपाल आउन लागेको बालुवाटार निकट स्रोत जनाएको छ ।

दुई दिने नेपाल बसाइका क्रममा प्रधानमन्त्री अब्बासीले उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

नेपाल सार्क राष्ट्रको अध्यक्ष देश हो ।

पाकिस्तानमा सार्क सम्मेलन गर्ने तय भएपनि भारतसहितका देशले सहभागी नहुने बताएपछि हुन सकेको छैन ।