हङकङविरुद्ध नेपालले लियो पाँचौं विकेट

२८ फाल्गुन २०७४, सोमबार ०९:५१

फागुन २८, काठमाडौं ।

विश्वकप छनोट क्रिकेटमा टस जितेर ब्याटिङ थालेको हङकङले पाँचौं विकेट गुमाएको छ ।

२३ औं ओभरको तेस्रो बलमा दिपेन्द्र सिंह ऐरीले निजाकत खानको विकेट लिएका हुन् । २३ ओभरको समाप्तीमा हङकङले ५ विकेट गुमाएर ८७ रन बनाएको छ ।

नेपालका सन्दिप लामिछानेले २ विकेट लिएका छन् भने सोमपाल कामी र बसन्त रेग्मीले १-१ विकेट लिएका छन् ।