सुगमको नयाँ गीत ‘ताली ठोकौला’को भिडियो सार्वजनिक ( हेर्नुस् भिडियो )

२० फाल्गुन २०७४, आईतवार ०८:१५

फागुन २०, काठमाडौं ।

नेपाली पप दुनियाका प्रख्यात गायक सुगम पोखरेलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘ताली ठोकौँला’ बोलको गीतमा सुगमको साथमा अनिश भण्डारीको स्वर रहेको छ । शब्द तथा संगीत सम्भोज मल्ल र सुगम पोखरेलको रहेको छ ।

झण्डै १४ बर्षको अन्तराल पछि गायक अनिश भण्डारी सुगम पोखरेलसँगको सहकार्यमा सांगीतिक यात्रामा फर्किएका हुन् । भण्डारीले यस अघि सुमगसँगै मिलेर ‘रंगीन यो साँझ’ तथा सुदिन पोखरेलसँगको सहकार्यमा ‘एउटा सपना’ बोलका गीत ल्याएका थिए ।

  • हेर्नुस् भिडियो

https://youtu.be/gLDCm5fKUas

‘ताली ठोकौँला’ गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् जसमा अमृत ढुंगाना र जुना सुन्दासको अभिनय रहेको छ । रामशरण उप्रेतीको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

गायक सुगम पोखरेलका ‘सम्हालिन्छ कहिले मन’, ‘कति दिन बिते कति रातहरु’, ‘स्कूल पाठशाला’, ‘रुन्न भन्थेँ कहिले’, ‘तिमी नभए’, ‘यो साँझ ढल्न लाग्यो’ लगायतका सयौँ गीतहरु चर्चित छन् ।