माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक

१७ फाल्गुन २०७४, बिहीबार ११:२७

बुटवल ,फाल्गुन १७ –

पूर्वउपप्रधानमन्त्री एवं नेकपा [माओवादी केन्द्र] का नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ ।रायमाझीका बाबु बिन बहादुर रायमाझीको ८१ बर्षको उमेरमा आफ्नै निवास सन्धिखर्क नगरपालिकाको अर्घा (साविक अर्घा २ खाँडा) मा हृदयघात बाट निधन भएको हो । लामो समय देखि विरामी रायमाझीका बुवाको बुधवार बेलुका करिब ६:३० बजे तिर निधन भएको थियो ।स्व. बिनबहादुर रायमाझीका दुई छोरा टोपबहादुर रायमाझी र राम बहादुर रायमाझी छन् । उनिकी श्रीमती लिला रायमाझी हुन् । आफ्नो पतिको अकस्मात निधनले उहा अत्यन्तै दुखी हुनुहुन्छ !

आफ्ना बुबाको निधन पछी रुब्दिघाटमा दागबत्ती दिएपछी जिल्लाको बिकास निर्माणका बारेमा चिन्ता चासो ब्यक्त गर्दै पुर्ब उपप्रधानमन्त्री टोप बहादुर रायमाझी समशान घाटमा कुरा गर्दै -उहाँका अनुसार बुबाले भारतको पश्चिम बंगालमा कम्युनिस्ट शासन रहेको र बुबाले आफुले भारतमा रोजगार गर्न बाध्य भए पनी नेपाली जनताले नेपालमा रोजगार पाउनु पर्ने बिचार राखेका कारण पनि आत्मबिश्वासका साथ आफू राजनीतिमा लागेको कुरा बताउनु भयो।स्वर्गीय पिता ४० बर्ष सम्म पश्चिम बंगालका मुख्य मन्त्री ज्योती बशु को प्रत्यक्ष गतिविधि नजिक बाट नियाली राख्नु भएको र नेपालमा बस्न नपाएपनी झन्डै १ एकसय जना अर्घाबासि तथा अन्य नेपाली लाई रोजगार दिई भारतमा पनि हिन्दुस्थान क्लबमा प्रभुत्व जमाउनु भएको थियो।

त्यस क्षेत्रमा हिन्दुस्थान क्लबको बिन बहादुर भनेपछि सबैले सम्मानित व्यवहार गर्ने उहाँले बताउनु भयो।बुबाले पारिबारिक कुराकानीमा राजनितीले नै देश र जनताको समृद्धि हुने प्रेरणा दिनुभएकोले नै पढदा पढदै राजनितीमा लागेको बताउनु भयो।