‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान : प्रदेश नं. २ , ‘आपकी सरकार, आपके द्वार’ कार्यक्रम गर्ने

१३ चैत्र २०७४, मंगलवार ०८:१०

चैत १३, काठमाडौं ।

प्रदेश २ को सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाउने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले १०० दिने कार्ययोजना सार्वजनिक गर्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान घोषणा गरेका हुन् ।

यो योजना अन्तर्गत नयाँ जन्मिने छोरीहरुको हकमा प्रदेश सरकारले विमा कम्पनीसँग साझेदारी गरेर छोरीहरुको शिक्षा विमा नीति ल्याउनेछ ।


हिंसा पीडित महिलाहरुले निःशुल्क एसएमएसमार्फत आफ्नो समस्या प्रदेश सरकार समक्ष राख्ने व्यवस्था गर्ने बताएको छ । सहयोगका लागि मुख्यमन्त्रीको कार्यालयमा ‘महिला सुरक्षा डेस्क’ स्थापना गरिने १०० दिने कार्ययोजनामा उल्लेख छ ।

प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान, शहिद परिवारका लागि ‘एक परिवार, एक रोजगार’ कार्यक्रम, स्थानीय तहका आवासीय क्षेत्रलाई सडकसँग जोड्न ‘मुख्यमन्त्री सडक योजना’ अघि सारेको छ ।

ग्रामिण दलित बस्तीहरुमा ‘आपकी सरकार, आपके द्वार’ कार्यक्रम गर्ने पनि प्रदेश सरकारको योजना छ ।

जिल्लामा एक स्मार्ट सिटी

प्रदेश सरकारले ८ वटै जिल्लामा कम्तिमा एक-एक स्मार्ट सिटी बनाउने अवधारणा अघि सारेको छ । प्रदेशस्तरीय लगानी बोर्ड नै गठन गर्ने र लगानीमैत्री प्रदेशका रुपमा विकास गर्ने सरकारको योजना छ ।