काठमाडौंमा जुम्लाकी युवतीको १० लाख लुटियो

७ चैत्र २०७४, बुधबार ०८:१७

चैत ७, काठमाडौं ।

काठमाडौं माछापोखरीमा जुम्लाकी एक युवतीको रकम लुटिएको छ ।

जुम्लाको तिला गाउँपालिका-४ कि ३२ वर्षीया राजकुमारी शाहीलाई पछाडिबाट आक्रमण गरी नचिनेका मानिसहरुले उनको साथमा रहेको १० लाख रुपैयाँ लुटेर लगेका महानगरीय प्रहरीको बालाजु बृत्तले जनाएको छ ।

सुन्धारा बस्ने शाहीले मंगलबार माछापोखरीमा आफन्तसँग १० लाख रुपैयाँ लिएर फर्किदै थिइन् ।

आक्रमणबाट घाइते भएकी राजकुमारीको वीर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले लुटेराको खोजी गरिरहेको जनाएको छ ।