कपिल शर्माको नयाँ शोको प्रोमो सार्वजनिक (हेर्नुस् भिडियो)

२४ फाल्गुन २०७४, बिहीबार ११:०७

फागुन २४, काठमाडौं ।

कमेडियन कपिल शर्माको नयाँ टीभी शो फ्यामिली टाइम विद कपिल शर्माको दोस्रो प्रोमो सार्वजनिक भएको छ ।

प्रोमोमा कपिलको घरमा काम गर्ने महिला पनि कपिलको आर्थिक दुरवस्था देखेपछि काम छोडेर जाने धम्की दिन्छिन् ।

भिडियो अप्लोड हुनेबित्तिकै चर्चामा छ ।

रमाइलो भिडियो देखेर प्रस्ट हुन्छ, कपिलले पूरै हँसाउने तयारी गरेर शो ल्याएका हुन् । प्रोमोलाई सोनी टीभीको आधिकारिक ट्विटर ह्यान्डलमा शेयर गरिएको छ । त्यसको क्याप्सनमा लेखिएको छ, ‘एक नयाँ ट्विस्ट, एक नयाँ यात्रा … तर
त्यही कपिल शर्मा … फेरि उनका साथ हाँसोको यात्रा शुरू … फेमिलीटाइमविदकपिलशर्मा छिट्टै नै सोनी इन्टरटेनमेन्ट टेलिभिजनमा ।’

कपिलले सामान्य जीवनका साथसाथै आफैंमाथि जोक गरेर दर्शकहरूलाई हँसाउने गर्छन् । उनको नयाँ शोको आधिकारिक सार्वजनिक मिति घोषणा गरिएको छैन ।