उपसभामुखमा तुम्बाहाम्फेको उम्मेदवारी दर्ता, तुम्बाहम्फेको पक्षमा प्रष्ट बहुमत

१ चैत्र २०७४, बिहीबार ०८:५०

चैत १, काठमाडौं ।

उपसभामुखमा वाम गठबन्धनबाट एमाले सांसद शिवमाया तुम्बाहाम्फेले उम्मेदवारी दर्ता गरेकी छन् ।

कांग्रेसले पुष्पा भुसाललाई अघि सारेको छ । तर, तुम्बाहम्फेको पक्षमा प्रष्ट बहुमत देखिएको छ ।

माओवादीका कृष्णबहादुर महरा सभामुख बनेपछि उपसभामुख एमालेको भागमा परेको हो । सरकारमा जाने तयारीमा रहेको फोरमले पनि उपसभामुख दावी गरेको थियो ।

तर, एमालेले तुम्बाहाम्फेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी समानुपातिक सांसद हुन् ।