चार स्वास्थ्यकर्मी स्वास्थ्य सेवा दिवसमा पुरस्कृत

१५ फाल्गुन २०७४, मंगलवार ११:००

फागुन १५, काठमाडौं ।

छैठौं स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयले चार जना स्वास्थ्यकर्मीलाई पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा शान्तीनगर स्वास्थ्य चौकीका सिनियर अहेब दीपक सापकोटा, धनुषास्थित यदुकुवा आयुर्वेद औषधालयका कविराज रामछविला यादव, वीर अस्पतालकी स्टाफ नर्स उजेली पछाई तथा सिन्धुली अस्पतालकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ तथा सिनियर कन्सल्टेण्ट डा. सुमित्रा गौतम रहेका छन् ।

छैठौं स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले यी चारजना स्वास्थ्यकर्मीहरुलाई ‘स्वास्थ्य सेवा पुरस्कार’ बाट पुरस्कृत गरेका हुन् ।

आर्थिक वर्ष ०७३/७४ मा गरिएको कार्यसम्पादनका आधारमा स्वास्थ्य मन्त्रालयले उनीहरुलाई पुरस्कृत गरेको थियो ।