अछाममा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

१३ फाल्गुन २०७४, आईतवार ०८:११

फागुन १३, काठमाडौं ।

रामारोशन-३ मुजाबगरमा आइतबार बिहान ११ बजे ट्‍याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ, दुई जना घाइते भएका छन् ।


से १ त ३१४८ नम्बरको ट्याक्टर दुर्घटनामा रामारोशन-७ का ३४ वर्षीय नरु भण्डारी र ६ का ३३ वर्षीया कलसी साउदको घटनास्थलमै मृत्यु भएको अछाम प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए ।

ट्याक्टरचालक कैलाली घर भएका ४० वर्षीय कालीचरण चौधरी र रामारोसन-५ का ४० वर्षीय डम्मर बटालालाई उपचारका लागि अछामकै बयलपाटा लगिएको छ ।

ट्याक्टर कैलाशखोलाबाट ढुङ्गा लिएर आइरहेको थियो ।