इच्छा विपरीत लोला हान्ने वा रंग लगाउनेलाई कारबाही गर्ने ; महानगरीय प्रहरी परिसर काठमाडौं

१३ फाल्गुन २०७४, आईतवार ०८:०२

फागुन १३, काठमाडौं ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले होलीमा इच्छा विपरीत लोला हाने वा रंग लगाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी इच्छा विपरीत लोला नहाल्न र रंग नदल्न आग्रह गरेको छ ।

होलीका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको एसएसपी विश्वराज पोखरेलले बताए ।

उनका अनुसार १०६ ठाउँमा प्रहरी टोली परिचालन गरिएको छ ।

साथै, २० वटा मोवाइल टोली खटाइएको छ ।