फरार तेस्रो लिङ्गीलाई ठमेलबाट प्रहरीले नियन्त्रणमा लिए

११ फाल्गुन २०७४, शुक्रबार ०९:०९

फागुन ११, काठमाडौं ।

सुनको सिक्री लुटेर फरार एक तेस्रो लिङ्गीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा काठमाडौं–२ बस्दै आएकी २३ बर्षीया सिम्रन गुरुङ छन् ।

उनलाई शुक्रबार महानगरीय प्रहरी वृत, सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।


काठमाडौं–१७ ढल्कुका अछाम गाजरा–१ का २६ वर्षीय गजेन्द्र खड्काले घाटीमा लगाएको १ तोलाको सुनको सिक्री लुटेर गुरुङ फरार थिइन् ।

थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यसअघि पनि ३ फागुनमा नगद लुटपाटमा संलग्न तेस्रोलिङ्गी समूहको एक जनापक्राउ परेको थियो । समूहका ३ जना अझै फरार छन् ।