बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

६ फाल्गुन २०७४, आईतवार ०८:२६

फागुन ६, काठमाडौं ।

प्रहरीले १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको कटारी घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय दिनेश गुरुङ छन् ।

महानगरीय प्रहरी वृत, बानेश्वरका प्रमुख डिएसपी रवि पौडेलका अनुसार उनलाई शनिबार नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।

उनका अनुसार गुरुङले २७ माघमा कागेश्वरीको मनहरा–८, काँडाघारीमा बालिकालाई बलात्कार गरेको उजुरी परेको थियो ।