बालकोटमा ओलीलाई बधाई दिन सर्वसाधारणको लाइन

४ फाल्गुन २०७४, शुक्रबार ११:१९

फागुन ४, काठमाडौं ।

नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन उनको निजी निवासमा सर्बसाधारणको लाइन लागेको छ ।

बिहीवार प्रधानमन्त्री बनेका ओलीलाई बधाइ दिन शुक्रवार बिहानैदेखि सर्वसाधारण भक्तपुरको बालकोट स्थित निवासमा पुगेका थिए ।

एमाले कार्यकर्ता तथा सुवेक्षुकहरुले लाइनमा बसेर नयाँ प्रधामनन्त्रीलाई बधाइ दिएका थिए ।

उनीहरुले कार्यकालको सफलताको कामना गर्दै जनअपेक्षा अनुरुप कामगर्न सुझाव दिएका थिए ।