रिलिज भयो स्वेता र दयाको ‘कान्छी’ देशभरका हलमा

४ फाल्गुन २०७४, शुक्रबार ०६:५७

फागुन ४, काठमाडौं ।

नायिका स्वेता खड्काले सर्वाधिक आशा गरेको चलचित्र ‘कान्छी’ आजबाट देशभरका हलमा रिलिज भएको छ ।

नायिका खड्काकै लगानी रहेको चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् ।

चलचित्र क्षेत्रमा केहि बर्षपछि कमब्याक गरेकी नायिका खड्का यो चलचित्र उत्कृष्ट बनेको बताउँछिन् । चलचित्रले देशभरका सिंगल र मल्टिप्लेक्समा सुखद कारोबार गर्ने आशा गरिएको छ ।

काठमाण्डौको क्यूएफएक्समा चलचित्रलाई ५ शो मिलेको छ भने बीग मुभिजले ४ शो दिएको छ ।

चलचित्रमा स्वेताको साथमा नायक दयाहाङ राई, नायिका अनु शाह, कलाकार नीर शाह, भूमिका श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको ‘चरी चट्ट परि भुरुरु’ बोलको गीत रिलिज अगावै हिट भएकाले पनि ‘कान्छी’को व्यापारलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

सोलो रिलिजको अवसर पाएको ‘कान्छी’को व्यापार उत्कृष्ट हुने अपेक्षा गरिएको छ ।