ओलीलाई भेट्न भारतीय राजदूत बालकोट पुगे

४ फाल्गुन २०७४, शुक्रबार ०६:३९

फागुन ४, काठमाडौं ।

नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै बधाइ तथा शुभकामना दिएका छन् ।

बधाइ दिन राजदूत पुरी पुष्पगुच्छासहित ओली निवास बालकोट पुगेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना पत्र लिएर पुरी बिहीबार साँझ बालकोट पुगेका थिए ।

बिहीबार राति नै प्रधानमन्त्री मोदी र विदेशमन्त्री सुस्मा स्वराजले ओलीलाई फोन गरी कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

टेलिफोन वार्ताको क्रममा मोदीले भारत भ्रमणको निम्तो दिएको र ओलीले पनि मोदीलाई जनकपुर र मुक्तिनाथ भ्रमणका लागि आउन निम्तो दिएका ओलीको सचिवालयले जानकारी दिए ।