मुख्यमन्त्री कार्यालयको फोहोर जलाउँदा सल्कियो डढेलो

३ फाल्गुन २०७४, बिहीबार ०८:१८

फागुन ३ , काठमाडौं ।

प्रदेश २ को मुख्यमन्त्रीको कार्यालय परिसरमा आगलागी भएको छ ।

सुरक्षाकर्मीले आगो निभाउन नसकेपछि दमकल बोलाइएको छ ।

जनकपुर चुरोट कारखाना (मुख्यमन्त्री कार्यालय परिसर)भित्रको फोहोर जम्मा गरेर जलाउन लाग्दा आगो नजिकैको जंगलसम्म फैलिएको हो ।

मुख्यमन्त्री कार्यालय परिसरमा सानो जंगल छ । जनकपुर चुरोट कारखानालाई मुख्यमन्त्री कार्यालय बनाउँदा सरसफाइ गरी धेरै फोहोर निकालिएको थियो ।

आगो निभाउन सेना खटिए पनि नसकेपछि दमकल बोलाइएको छ ।