बेचिन लागेका ९ जना नेपाली चेलीको यूएर्इबाट उद्धार

२ फाल्गुन २०७४, बुधबार ०९:२४

फागुन २, काठमाडौं ।

पैसा कमाउने अाशामा ९ जना नेपाली चेलीले यूएर्इको यात्रा गरे । उनीहरू अजमान सहरमै भिजिट भिसाका कारण बन्धक बन्नु परेको थियो । उनीहरूलार्इ कसैले भारतको बाटो हुँदै झुक्याएर भिजिट भिसामा त्यहाँ पुर्‍याएको थियो ।

गत डिसेम्बर १७ तारिखमा उनीहरू बन्धक भएको जानकारी गैरआवासीय नेपाली संघ यूएईसम्म अइपुग्यो ।

एनअरएनको पहलमा यूएर्इस्थित नेपाली दूतावास र स्थानीयको प्रशासनको सहयोगमा अहिले उनीहरूको उद्धार भएको छ ।

बन्धक बनाइएकी मध्ये एक जना महिला भागेर नेपाली दूतावासमा पुगेपछि उनकै सूचनाका अाधारमा अन्य ८ जना महिलाको समेत उद्धार गर्न सहज भएको हो । दुर्इ दिनको प्रयासपछि उनीहरूको उद्धार गरिएको थियो ।

उद्दार पश्चात नेपाली राजदूतावासकै सेल्टरमा राखेर उनीहरूलार्इ नेपाल पठाउने प्रक्रिया सुरु गरिएको थियो । दूतावास र एनआरएन यूएईको पहलमा ९ जना पीडित नेपाल फर्किसकेका छन् ।

उनीहरू मध्ये एक जनालार्इ एनआरएनले नै टिकट उपलब्ध गराएर नेपाल पठाएको छ । यो उद्धार कार्यमा एनअरएनए यूएर्इका उपाअध्यक्ष बालकृष्ण मरासिनी लगायत खटिएका थिए ।

उद्धार गरिएका महिलाहरु १८ वर्षे किशोरीदेखि ४४ वर्षसम्मका छन् ।

पीडित महिलाहरुलाई यूएईमा ल्याउने मुख्य भूमिकामा धनकुटा घर भएका सुजन भण्डारी र उर्लाबारी मोरङ्की एलिसा राई साथै भारतमा रहेका एजेन्ट कृष्ण पाण्डे र जीवन पुनसँगै यूएईमै अर्को एजेन्ट बिरु पनि संग्लन रहेको बुझिएको छ ।