फागुन २, काठमाडौं ।
आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले क्यानडाको तेस्रो विकेट लिएको छ ।
नामिबियामा भइरहेको खेलमा तेस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन् । उनले १७ औं ओभरको अन्तिम बलमा क्यानडाका धानुका पथिरानालाई आउट गरेका हुन् ।
सन्दीपले बुधबारकै खेलमा लिएको यो दोस्रो विकेट हो । नेपालको लागि पहिलो विकेट भने बसन्त रेग्मीले लिएका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरको खेल सकिँदा ३ विकेट गुमाएर ६९ रन जोडेको छ ।