मुख्यमन्त्रीमा राउत नियुक्त, सपथ भोलि

२ फाल्गुन २०७४, बुधबार ०७:१५

फागुन २, काठमाडौं ।

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त भएका छन् ।

प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कार्यालय परिसरमा आयोजित कार्यक्रममा कायश्थले राउतलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र नै दिएका छन् ।

राजपाको समर्थनमा राउतले मंगलबार मात्र मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए । १०७ सदस्यीय प्रदेशसभामा फोरमका २९ र राजपाका २५ गरी ५४ सांसद छन्, जुन बहुमत हो ।

मुख्यमन्त्री नियुक्त भएपछि संक्षित प्रतिक्रिया दिँदै राउतले विकासका लागि सबैसँग सहकार्य गर्ने बताए ।

साथै, सबैको सहयोगमा प्रदेश २ लाई नमुना प्रदेश बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाए ।

मुख्यमन्त्रीको सपथ भोलि हुनेछ ।